scheduleसोमवार आश्विन ६ गते, २०७६

रवि लामिछाने गिरफ्तारी प्रकरणः प्रदर्शन कमजोर बनाउन सत्तापक्ष र प्रतिपक्ष एकठाउँमा


चितवन, १ भाद्र । चितवनका राजनीतिक दलहरुले रवि लामिछाने गिरफ्तारी प्रकरणमा अनुसन्धानलाई प्रभावित गर्नेगरी भइरहेको प्रदर्शन कमजोर बनाउन भूमिका खेल्ने सहमति गरेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई कमजोर बनाउन सत्तारुण नेकपा र प्रतिपक्ष नेपाली काँग्रेसबीच सहमति भएको हो ।

आइतबार चितवनमा सम्पन्न प्रमुख दलहरुको बैठकले पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरुले आम जनसमुदायमा अपील गरेका छन् ।

साउन ३० गते टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायत तीनजना पक्राउ परेपछि उनका समर्थकहरुले रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन हिंसात्मक हुन थालेपछि चितवनमा सर्वपक्षीय बैठक बोलाइएको हो ।

सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहीँकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपील गरेको छ । बैठकमा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र कांग्रेसका सचिव उत्तम जोशीसमेत सहभागी थिए ।

‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निश्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने,’ बैठकपछि जारी अपिलमा भनिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage