scheduleशनिवार आश्विन ४ गते, २०७६

तपाई अरुभन्दा क्षमतावान भएको यी कुराले बताउँछन्

काठमाडौं । कुनै व्यक्ति कति विलक्षण, प्रतिभाशाली तथा वुद्धिमान छ भनेर जाँच्न निकै कठिन हुन्छ । अहिलेसम्म यी कुरालाई नाप्ने काम आइक्युमार्फत गरिदै आइएको छ । तर आईक्युलाई आधार बनाएर क्षमताको मापन गर्दा एउटा पक्षको मात्रै मूल्याङ्कन हुने भनेर धेरैले यो विधिको आलोचना गरेका छन् । त्यसो भने तपाई अरुभन्दा क्षमतावान र प्रतिभाशाली हुनुहुन्छ भनेर कसरी थाहा पाउने त ?
तपाईसँग अरुभन्दा बढी प्रतिभा, क्षमता तथा वौद्धिकता छ भनेर यी ९ कुराले बताउँछन्ः
१.तपाईले एक भन्दा बढी भाषा बोल्न सकेमा


एउटा अध्ययनले एकभन्दा बढी भाषा बोल्ने व्यक्तिको दिमाग र क्षमता चाँडो विकास हुन्छ भनेर देखाएको छ । जति धेरै भाषा बोल्न सक्यो त्यति नै दिमाग सक्रिय हुन्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् । यस बाहेक धेरै भाषा बोल्ने मानिसमा विर्सने रोग लाग्ने संभावना पनि कम हुन्छ ।
२. तपाई आईक्युमा उत्कृष्ट हुन सकेमा

मानिसको वोद्धिक क्षमतालाई नाप्ने अर्को एउटा माध्यम भनेको आईक्यु हो । आईक्युमा उत्कृष्ट हुने मानिसहरु धेरै कुरामा पनि उत्कृष्ट हुन सक्दछन् ।
३. तपाई परिवारको जेठो सन्तान भएमा

बाबुआमाको जेठो सन्तान हुनुहुन्छ भने तपाईका लागि यो निकै राम्रो कुरा हो । एउटा अध्ययनले सबैभन्दा जेठो सन्तान पछि जन्मने सन्तान भन्दा तेज, प्रतिभाशाली र चलाख हुने देखाएको छ । उक्त अध्ययनले जेठो सन्तानको पढाई पनि राम्रो हुने र आईक्यु पनि उत्कृत्ट हुने देखाएको थियो । यसको कारण जिन नभएर पारिवारिक तथा सामाजिक अन्तरक्रिया हो ।
४. तपाईले बिरालो मन पराएमा

कुकुरप्रतिको रुचि र बिरालोप्रतिको रुचिका आधारमा मानिसको व्यक्तित्व फरक हुन्छ भनेर प्रमाणित भईसकेको छ । कुकुर मन पराउने व्यक्तिलाई डग परशन र बिरालो मन पराउने व्यक्तिलाई क्याट परशन भन्ने गरिन्छ । क्याट परशनहरु डग परशनको तुलनामा एकान्तमा बस्न मन पराउने, हरियाली मन पराउने, उदार तथा आधुनिक स्वभावका, भावुक तथा सम्वेदनशील तथा हठी स्वभावका हुन्छन् । यसबाहेक उनीहरु डग परशनभन्दा प्रतिभावान, वौद्धिक तथा सिर्जनशील पनि हुन्छन् ।
५. तपाईले उच्च शिक्षा पुरा गरेमा

उच्च शिक्षा पुरा गरेमा तपाई अरु भन्दा वौद्धिक तथा क्षमतावान हुन सक्नुहुन्छ । पढाई पुरा गरेको मानिसमा विश्लेषणात्मक तथा सिर्जनशील दुवै सीप हुन्छन् । तर यो सवैमा लागू नहुन पनि सक्दछ ।
६. तपाईले दाहिने हात भन्दा देव्रे हात बढी प्रयोग गरेमा

विश्वभर देव्रे हात बढी प्रयोग गर्ने मानिस करीव १० प्रतिशत छन् । अहिलेसम्म यति धेरै मानिसले देव्रे हात किन बढी प्रयोग गर्दछन् भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । तर यस्ता व्यक्तिहरु निकै प्रतिभाशाली, क्षमतावान र वौद्धिक हुने पाइएको छ ।
७. तपाईले आफूलाई तनाव दिने कुराबारे धेरै चिन्ता गरेमा

सामान्यतः चिन्ता गर्नु राम्रो मानिदैन । तर एक सर्वेक्षणले चिन्ता गर्ने मानिसहरु बढी वौद्धिक हुने देखाएको छ । अध्ययनका क्रममा आफूलाई दुःख दिने कुरा बारे धेरै सोच्ने मानिसहर कम सोच्ने भन्दा बढी वौद्धिक र क्षमतावान भएको पाइएको थियो ।
८. तपाई रमाइलो वा फनी व्यक्ति भएमा

जो मानिस तर्क गर्न र भाषिकरुपमा सक्षम छ त्यो मानिस प्रायः रमाइलो तथा ठट्योली गर्न पनि सक्दछ । वौद्धिकता प्रस्तुत गर्न र रमाइलो गर्न सक्ने यस्ता व्यक्ति अरुभन्दा तेज, आकर्षक तथा वुद्धिमान पनि हुन्छन् ।
९. तपाईले आफ्नो प्रतिभामाथि शंका मानेमा

प्राचीन ग्रीक दार्शनिक सुकरातले भनेको थिए,‘ आफूलाई केही पनि थाहा छैन भनेर जान्नु नै सत्य ज्ञान हो ।’ यो भनाईको तात्पर्य आफूलाई केही पनि थाहा छैन भन्ने मानिस सबैभन्दा ज्ञानी हो भन्ने हो । आफूसँग भएको कुरामा शंका गरेरै मात्रै यस्तो ज्ञान प्राप्त हुन्छ । यसबाहेक आफूसँग भएको कुरालाई शंका मान्ने मानिसहरु निकै वोद्धिक र क्षमतावान पनि हुन्छन् । यसको कारण के हो भन्दा शंका गरेर आफूसँग भएको कमीकमजोरी तथा गल्तीलाई सुधार्न वुद्धिमान मानिसहरु अरुभन्दा बढी अग्रसर हुन्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage