scheduleशनिवार आश्विन ४ गते, २०७६

के पैसाले माया किन्न सकिन्छ ?

साथी, ‘मलाई हिराको औँठी चाहिँदैन’ भन,
म निकै खुशी हुनेछु ।
साथी, ‘पैसाले किन्न नसकिने कुरामात्रै चाहिन्छ’ भन,
म निकै सन्तुष्ट हुनेछु ।
साथी मैले पैसालाई मतलव नै गर्दिन,
किनभने यसले मेरालागि माया किन्नै सक्दैन ।

सन १९६०को दशकमा पप ब्याण्ड बिटल्सले रेकर्ड गरेको गीत हो । यो गीत रेकर्ड भएपछि निकै चर्चित भएको थियो । तर यसको भावलाई अहिले पैसाको मोहले विस्थापित गरेको छ । अर्को शब्दमा भन्दा, पैसाले माया किन्न सकिन्छ भन्ने प्रवृति बढ्दै गएको छ ।


समाजमा पैसाको महत्व बढेसँगै मायाको आर्दशवादी बुझाईमा पनि परिवर्तन आएको छ । आज-भोलि मायालार्ई पनि अन्य आवश्यकताको दाँजोमा राख्न थालिएको छ । पैसा भएपछि आफूलाई आवश्यक पर्ने सबै कुरा किन्न सकिन्छ ।

हो, पैसा भएपछि सबै किन्न सकिन्छ । तर माया किन्न सकिन्छ कि सकिदैन ? यो प्रश्नको उत्तर दिनुभन्दा पहिला शारीरिक माया आवश्यकता हो कि यो भन्दा अन्य कुरा हो भन्ने बुझ्नुपर्दछ ।

यो आवश्यकता हो भने किन्न सकिने भयो । तर आवश्यकता भन्दा अन्य कुरा भएमा भने यसको मूल्य तोक्न सकिने भएन । दु:खका साथ भन्नु नै पर्छ, आजको उपभोक्तवादी समाजमा माया, प्रेमजस्ता कुरा पनि किन्न सकिने बस्तुमा परिवर्तन भएका छन् ।

हालै विश्वभर गरिएको एउटा सर्वेक्षणले मायालाई किन्न सकिने देखाएको थियो । माया यौनसँग जोडिएको र यौनलाई किन्न सकिने हुनाले धेरैले यस्तो धारणा राखेका हुन् ।

चीनमा गरिएको एक अध्ययनले मानिसको यौन रणनीतिबारे अध्ययन गरेको थियो । अध्ययनका क्रममा धनी मानिसहरु आफ्नो यौन पार्टनरको सुन्दरतालाई बढी महत्व दिने गरेको पाइएको थियो ।

त्यस्तै पैसा भएका मानिसहरुले पैसा नभएका मानिसकाभन्दा छिटो-छिटो आफ्नो प्रेमी-प्रेमिकालाई परिवर्तन गर्ने गरेको पाइएको थियो ।

प्रायःजसो धनी मानिसले माया र यौनलाई एकै भएको मान्ने गर्दछन् । यही भएर उनीहरुले आफ्नो पार्टनर पनि पटक पटक फेरिरहन्छन् । उदाहरणकारुपमा अमेरिकी भावी राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई लिन सकिन्छ । उनका झण्डै चर दर्जन प्रेमिका फेरिसकेको चर्चा मिडियामा चल्ने गर्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage