scheduleशनिवार आश्विन ४ गते, २०७६

के तपाईलाई थाहा छ, प्रोफाइल तस्वीरले मानिसको स्वभाव झल्काउँछ भनेर ?


काठमाडौं । सामाजिक सञ्जालमा राखेको होस् वा बायोडाटामा राखेको होस्, कुनै पनि प्रोफाइल तस्वीरले मानिसको स्वभाव, चरित्र वा गुण झल्काउँछ । यस कारण प्रोफाइल तस्वीर हेरेर यी ७ गुण, स्वभाव वा चरित्रलाई थाहा पाउन सकिन्छ ।

१. अहंकार

आफ्नोबारे अहंकार वा घमण्ड भएको मानिसले प्रोफाइल फोटोलाई बढी आकर्षक, चहकिलो तथा वास्तविक बनाउने गर्दछन् । यस्ता मानिसले आफ्नो हरेक भावलाई दर्शाउन भिन्न भिन्न खालका तस्वीर प्रयोग गर्दछन् । यसबाहेक उनीहरुले प्रयोग गर्ने फोटो अलि ठूलो आकारको हुन्छ ।

२. खुलापन

आफ्नो अनुभवलाई खुलारुपमा व्यक्त गर्ने मानिसले सबैभन्दा राम्रो फोटोलाई आफ्नो प्रोफाइल तस्वीरमा राख्ने गर्दछन् । यस्ता मानिसहरुले शार्प तथा कन्ट्रास्ट बढी भएको तस्वीर राख्ने गर्दछन् । यी व्यक्तिको प्रोफाइल तस्वीर कलात्मक तथा अनौठो हुन्छ । साथै यस्ता मानिसको प्रोफाइल तस्वीरमा अनुहारलाई अलिबढी जोड दिइएको हुन्छ ।
३. मिलनसार

मिलनसार मानिसले रंगिविरङ्गी फोटोलाई आफ्नो प्रोफाइलमा राखेका हुन्छन् । आफ्नो फोटोमा अन्य व्यक्तिलाई पनि राख्न मन पराउँछन् । यसबाहेक उनीहरु फोटोमा खुलेर हाँसेका हुन्छन् ।
४.एकलकाटे वा अन्तरमुखी

मानिसले आफ्नो प्रोफाइलमा राखेको फोटोको आधारमा मानिस एकलकाटे वा अन्तरमुखी छ /छैन भनेर थाहा पाउन सकिन्छ । एकलकाटे वा अन्तरमुखी मानिसले सामान्य तथा कम रंगिविरङ्गी फोटो राख्ने गर्दछन् । अनुहारमा देखिने भाव पनि सादा हुन्छ । कसैकसैले त आफ्नो अनुहारलाई आंशिकरुपमा मात्रै देखाएका हुन्छन् ।
५.न्युरोटिक वा साइको

मानसिकरुपमा चञ्चल वा साइको मानिसले पनि एकलकाटे वा अन्तरमुखी मानिसले झैं सामान्य तथा कम रंगिविरङ्गी फोटो राख्ने गर्दछन् । अनुहारमा देखिने भाव पनि सादा हुन्छ । कसैकसैले त आफ्नो अनुहारलाई आंशिकरुपमा मात्रै देखाएका हुन्छन् । यसवाहेक उनीहरुले आफ्नो फोटोलाई पटक पटक फेरिरहने गर्दछन् ।
६. प्रफुल्ल

मानिस प्रफुल्ल छ भन्ने कुरा प्रोफाइल तस्वीरबाट पनि थाहा पाउन सकिन्छ । आफूसँग भएको कुरामा सन्तुष्ट वा प्रफुल्ल भएको मानिसले गमक्क परेर खिचेको तस्वीर हाल्ने गर्दछन् । त्यस्तै यस्ता मानिसले सबैभन्दा खुशी भएको क्षणलाई झल्काउने फोटो प्रोफाइलमा राखेका हुन्छन् ।
७. ठट्यौलीपन

व्यङ्ग्य तथा ठट्टा गर्न मन पराउने मानिसको प्रोफाइल तस्वीर सबैभन्दा नराम्रो हुन्छ । प्रोफाइलमा राखिएको तस्वीर नराम्रो भएतापनि उनीहरु हाँसेका वा खुशी देखिन्छन् । आफ्नो ठट्यौलीपनलाई व्यक्त गर्न नराम्रै भएपनि रंगिविरङ्गी बनाएर फोटोलाई प्रोफाइलमा राख्ने गर्दछन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage