scheduleबिहिवार आश्विन २ गते, २०७६

‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न’

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास पूर्ण र परिपक्व रूपमा कार्यान्वयनमा नआउँदै कतिपय अवाञ्छित तŒवहरू कमजोर बनाउन सक्रिय रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्दै उहाँले संविधानसम्मत र संवैधानिक दायराका विषयलाई सरकारले सम्मान गरे पनि प्रणाली उल्ट्याउँछु भन्ने विषय सरकारलाई मान्य नहुने बताउनुभएको हो ।
प्रणाली उल्ट्याउने सपना देख्ने तŒव सफल नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । केही प्रतिगामी तŒव सडकमा आउँदैमा सरकार जिम्मेवारीबाट नभाग्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन संस्था र शक्तिहरूको कुरा गर्छन् मानिसहरू, ती शक्तिहरू ज्यूँदै हुँदा हामीले ठेगान लगाएका हौँ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भनेर परिकल्पना गरेर उफ्रिएको देखिन्छ । बेमौसमको यो बाजा नबजाए हुन्थ्यो । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधानको, प्रणालीको, व्यवस्थाको, लोकतन्त्रको र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ । त्यसको रक्षा र कार्यान्वयन गर्छ । जनताले दिएको म्यान्डेट यही हो ।”
सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारको उदारता र संयमतालाई हेरेर केही तŒव बढ्तै हौसिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता जनताको शासनविरोधी क्रियाकलाप सरकारको उदारता र सहिष्णुताबाट मात्र प्राप्त भइरहेको भन्दै त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तŒवलाई नहौसिन चेतावनी पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो, “अहिलेको सरकारको उदारता र संयमतालाई हेरेर केही तŒव बढ्तै हौसिएको देखिन्छ । संविधानसम्मत ढङ्गले चल्ने कुरामा संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार प्रसन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा सरकारलाई मान्य हुन सक्दैन । त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तŒव नहौसिए हुने हो ।” गोरखापत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage