scheduleसोमवार आश्विन ६ गते, २०७६

नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत

काठमाडौँ, २ भदौ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ ।

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ ।

खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए । नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage