scheduleशनिवार आश्विन ४ गते, २०७६

एट्लेटिको मड्रिडको कठिन जित

काठमाडौँ, २ भदौ । गएराति भएको स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० गोलले पराजित गरेको छ ।

एट्लेटिको मड्रिडका लागि खेलको २३ औ मिनेटमा मोराटाले गोल गर्दै अग्रता दिलाए ।

गेटाफेका जर्ज मोलिना ३८ औ मिनेटमा रातो कार्ड खाए । १० जनामा सीमित गेटाफेले खेलमा कमव्याक गर्न सकेन ।

त्यस्तै ४२ औ मिनेटमा रिनन लोनी दोहरो पहेलो कार्ड खादै मैदान छाडेपछि एट्लेटिको पनि १० जना खेलाडीमा सीमित बन्यो ।

एट्लेटिको मड्रिडका लागि खेलको ५६ औ मिनेटमा पेनाल्टीको अवसर पाएका थिए । तर, मोराटा गोल गर्न चुके ।
सानदार सुरुवात गरेको एट्लेटिको मड्रिडले तीन अंक जोड्न सफल भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage