scheduleसोमवार आश्विन ६ गते, २०७६

नेयमार आफ्नैै कारण यता न उता

काठमाडौँ, २ भदौ । पिएसजी क्लबमा यतिबेला नेयमारका कारण अन्य खेलाडीहरु निराश भएको बताइएको छ ।

प्रशिक्षक टचेलले पिएसजीले नेयमारको विकल्पमा अर्को खेलाडी नकिनी उनलाई अन्य क्लबमा अनुबन्ध गर्न नदिने बताएका छन् ।

लामो समयदेखि नेयमार अन्य क्लबमा जान चाँहिरहेका छन् तर, उनलाई किन्न बार्सिलोना र रियल मड्रिडमात्र सक्षम रहेको बताइएको छ ।

नेयमार र क्लबबीच सम्बन्ध राम्रो नभएका कारण पनि फ्रेन्च लिगमा उनी देखा परेका छैनन् ।

मिडिया रिपोर्टका अनुसार उनी खेल्न चाँहिरहेका छैनन् । उनलाई बार्सिलाना लाने नलाने अझै पक्का भएको छैन ।

रियलको पनि उस्तै दोधारेपन रहेको छ । यस अवस्थामा उनको भविष्य पनि यता न उता भएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage