scheduleमगलवार कार्तिक ११ गते, २०७७

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको नियुक्ति आज हुने

काठमाडौं, २ भदौ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा आज नियुक्ति गर्ने तयारी गरेको छ ।

सोमबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षमा  कसलाई नियुक्त गर्ने भनेर टुंगो लगाउने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद् बैठकमा उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटी दिएको तीनजनाको नाम पेस गर्ने भएका छन् ।

सर्ट कमिटीले पेस गरेका ३ जनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई उपाध्यक्षमा नियुक्त गर्नेछ।

यसअघि २९ साउनमा बसेको सर्चकमिटीको बैठकले आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। कमिटीले प्रा.डा सुरेन्द्र शेरचन, प्रा.डा शम्भुकुमार पहारी र प्रा.डा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

केही दिनपछि प्रधानमन्त्री उपचारको लागि पुन: सिंगापुर जाने भएकाले आज बस्ने मन्त्रिपरिषद बैठकबाट आयोगको  उपाध्यक्षको टुंगो लगाउने भएको हो।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay