scheduleबिहिवार आश्विन २ गते, २०७६

श्रीमानको हत्यारा लुकाउन पैसा लिने श्रीमति पक्राउ

भोजपुर, २ भदौ । प्रहरीले श्रीमानकाे  हत्याको घटना लुकाउन हत्याराबाट पैसा लिएको अभियोगमा श्रीमतिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । मीनासँगै घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले २ लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मीनाका श्रीमान पूर्णबहादुर सुयललाई विसं २०७४ माघ २७ गते उनका छिमेकी मोहनबहादुर रम्तेलले हत्या गरेका थिए । रम्तेलले चम्पिरा खोलाको भिरबाट सुयललाई धकेलेर हत्या गरेका थिए । उक्त घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको प्रहरीको भनाइ छ ।

केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पतिको हत्याराबाट लिएको उक्त रकममध्ये मीनाले सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage