scheduleसोमवार आश्विन ६ गते, २०७६

सालिकरामले आत्महत्या गर्नुअघि ५ मिटरको डोरी किनेका थिए

काठमाडौं, २ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि ५ मिटरको डोरी किनेको भेटिएको छ ।

पुडासैनीले आत्महत्या गर्नुपूर्व नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट डोरी किनेको प्रहरीले जनाएको छ ।

सीसीटिभी फुटेज हेर्दा होलसेल पसलबाट ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage