scheduleशुक्रवार मंसिर ६ गते, २०७६

… तब मात्र राजनीतिका यी नकारात्मक दुश्चक्रबाट निस्कन सम्भव हुनेछ

प्रकृति पहारी पेसाले इन्जिनियर हुन् । उमेरले भर्खर २२ वर्ष रहेकी पहारी अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर सिस्टममा स्नातकोत्तर गर्दै छिन् । पोखरामा विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भएकी उनी हाल साझा पार्टीको साझा युवा सङ्गठनको केन्द्रीय नीति अध्ययन तथा विधान निर्माण समितिको प्रमुख हुन् । उनै पहारीसँग वैकल्पिक राजनीति, राजनीतिमा युवा सहभागितालगायतबारे साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश-

राजनीतिमा आवद्ध हुनुपुर्व केमा सक्रिय हुनुहुन्थ्यो ?
मैले मेरो इन्जिनियरिङ पोखराको पश्चिमाञ्चल क्याम्पसबाट गरेकी हुँ । त्यसक्रममा युवाहरुमा सकारात्मक परिवर्तन ल्याउने काम आफूमा मात्र परिवर्तन ल्याएर पुग्दैन, आफूजस्तै युवाहरुको समूहमा काम गर्दै जाँदा त्यसले समग्रमा अझै केही युवाहरुमा परिवर्तन ल्याउन सक्छ भन्ने लाग्यो । जसले गर्दा युवा वैचारिक समूहमा आवद्ध भएर युवाहरुमा समाजका विभिन्न विषयहरुमा वैचारिक बहस सृजना गर्ने काममा पनि सहभागी भएँ । त्यसलगत्तै टेड टल्क्स, हल्ट प्राइजजस्ता विभिन्न कार्यक्रमहरु गराएर त्यो माध्यमबाट युवा सशक्तीकरण गराउने काममा पनि संलग्न भएकी थिए ।

२. राजनीतिमा किन जोडिनुभयो ?
हाम्रो पुस्तालाई आजको युग सुहाउँदो पार्टी चाहिएको छ, जसले पछिल्लो प्राविधिक क्रान्ति र सूचना सञ्चारको विकासलाई बुझ्न सकोस् । त्यसले निर्माण गरेको युवा पुस्ताको मनोविज्ञान र राष्ट्र समृद्धिको आवश्यकतालाई पूरा गरोस् । साझा पार्टीले आफ्ना मूल्यको रुपमा अङ्गीकार गरेका सुशासन, पारदर्शिता, पद्दति र उत्कृष्टताको मार्गबाट समृद्ध राष्ट्रका प्राथमिकताजस्तै अवाञ्छित राजनीतिकरणको अन्त्य, शिक्षा, स्वास्थ्यमा सबै वर्गको पहुँच र दिगो विकासका लक्ष्यहरु पूरा गर्न सकिन्छ भन्ने दृढ विश्वासका कारण साझा पार्टीमा आवद्ध भएकी हुँ ।

युवाको बीचमा गएर उनीहरुकै एजेण्डा उठाउने केही योजना छन् ?
साझा युवा सङ्गठन राजनीतिक सङ्गठन भएका कारण यसले केही वैकल्पिक राजनीति र सु-संस्कृत राजनीतिको पैरवी त गर्छ नै । त्यसका अलावा राज्यका हरेक निकायमा युवाको प्रभावकारी उपस्थितिको लागि कामहरु गर्नेछौं । यस्तै अहिलेको युवाहरुलाई अति जरुरी बिषयहरु युवा उद्यमशिलता, नेतृत्व विकास, प्रतिष्पर्धी क्षमता निर्माण तथा अन्य महत्वपूर्ण युवाको सामाजिक व्यक्तिगत विकासलाई सहयोग पुर्‍याउने कार्यक्रम लिएर युवामाझ जाने सोचेका छौं । हामी प्रारम्भिक चरणमै रहेकोले विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिसँग यस बिषयमा छलफल र अन्तक्रिया गरिरहेका छौं । यति चाहिँ भन्न सक्छु कि हामी युवाहरुको नकारात्मक प्रयोग गरेर बन्द हडताल, तोडफोड र चक्काजाम गर्न त्यसको लागि उद्वेलित गर्ने खालको मोटिभ लैजादैनौं ।

व्यक्तिगतरुपमा युवा संगठनलाई समायानुकूल चलाउन कसरी योगदान गर्ने सोच बनाउनुभएको छ ?
हामी केन्द्रीय टिम निर्माणको प्रक्रियामा छौं । केन्द्रीय टिम निर्माण गर्दा सकेसम्म विभिन्न फरक फरक क्षेत्रहरु पत्रकारिता, प्रविधि, स्वास्थ्य, उद्यमशिलता र सामाजिक क्षेत्रमा काम गरेका युवाहरुलाइ समेटेर पियर लर्निङको मोडेलबाट काम गर्नेगरी सोचेका छौं । स्वाभाविक हो म आफू इन्जिनियरिङ क्षेत्रको युवा भएकोले खासगरी प्रविधिमैत्री युवा सङ्गठन निर्माणमा मैले आफ्नो व्यक्तिगत क्षमताको प्रयोग गर्नेछु ।

युवा पुस्तालाई केही सन्देश छ ?
म मेरो सर्कलमा रहेका विभिन्न साथीसँग कुरा गरिरहँदा एउटै चिन्ता पाउँछु । के यो देश यस्तै रहला या विकास होला ? के देशले सुशासन पाउला या भ्रस्टाचारकै दलदलमा फसिरहला ? के हाम्रो राजनीतिले यस्तै चरम निराशा बाँढिरहला या आशाको दियो पनि देखाउला ? खासगरी साझा पार्टीबाट जुन सकारात्मक राजनीतिक अभियानको जुन अपिल भएको छ यसले यदि सार्थकता प्राप्त गर्‍यो भने राजनीतिका यी नकारात्मक दुश्चक्रबाट निस्कन सम्भव हुनेछ । तसर्थ, यो सुशासनको राजनीतिलाई तपाईं आफ्नो क्षेत्रमा रहेर आफुले साथ, सकारात्मक सहयोग, सुभेच्छा र हौसला दिएर सहयोग गर्नुहुनेछ भन्ने आशा, अपेक्षा र विश्वास लिएको छु ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage