scheduleआइतवार भाद्र २९ गते, २०७६

विवादमा तानिएका न्यायाधीश अधिकारीद्वारा राजीनामा

 

पोखरा, २ भदौ । उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

न्यायाधीश अधिकारीले आज सोमबार न्यायपरिषद मार्फत प्रधानन्यायाधीशसमक्ष राजिनामा दिएका हुन् । लामो समयसम्म न्याय सेवामा रहेर निष्पक्ष तरिकाले न्याय सम्पादन गर्दा समेत आफूलाई विवादमा तानिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

चालिस वर्ष न्याय सेवामा रहेर काम गर्दा आफूले कुनै विवादित काम नगरेको समेत उनको भनाइ छ । आफूले कुनै पनि विवादित काम नगरेको र न्याय सेवाबाट अवकाश पाउने समय नजिक आइपुग्दा आफूमाथि गम्भीर आरोप लागेको अधिकारीको दाबी छ ।

न्यायाधीश अधिकारी गोर्खा ब्रुअरीको अन्तशुल्क विवादमा तानिएका थिए । उक्त प्रकरणमाथि छानबिन गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति बनेको थियो ।

छानबिन समितिमा आफ्नो बयान दिएपछि अधिकारीले राजीनामा दिएका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage