scheduleबुधवार मंसिर ४ गते, २०७६

आईसीसीको टी ट्वान्टीको वरियतामा नेपाल यथावत


काठमाडौं, २ भदौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले आज सार्वजनिक गरेको टी, ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन ।

एसोसियट राष्ट्र मध्यको टी ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि रहेको छ ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage