scheduleआइतवार भाद्र २९ गते, २०७६

एउटै खोलामा ७ जलविद्युत आयोजना, स्थानीयलाई फाइदैफाइदा


पर्वत, २ भदौ । पर्वतको मोदी गाउँपालिका, कुस्मा र फलेबास नगरपालिका हुँदै बगेको मोदीखोलाको १७ किलोमिटर दूरीमा ७ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

दुई आयोजनाले विद्युत उत्पादन दिईरहेका छन् । दुईवटा विद्युत उत्पादन गर्ने अन्तिम चयारीमा र ३ वटा निर्माणाधिन छन् । मोदीखोलामा निरन्तर बग्ने पानीका कारण मोदीमा विद्युत उत्पादन संभव भएको हो । मोदीखोलामा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका ७ जलविद्युत् आयोजनाबाट १३० मेगावाट जलविद्युत् उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । निर्माणाधीन आयोजनाको लागत अनुमान अनुसार एक मेगावाट विद्युत् उत्पादन गर्न २० करोड रुपैयाँ खर्च हुन्छ । सबै आयोजनामा गरेर स्थानीय एक हजार भन्दा बढी युवाले रोजगारी पाएका छन् । मोदीखोला र युनाइटेड मोदी–१ आयोजनाबाट मोदी गाउँपालिकाले डेढ करोड रोयल्टी आम्दानी गर्दै आएको छ ।

मोदीबाहेक कुस्मा नगरपालिकाले १७ लाख ३८ हजार २ सय ४७, बिहादी गाउँपालिकाले ४४ लाख १० हजार र पैयुं गाउँपालिकाले ३८ लाख ७९ हजार रुपैयाँ रोयल्टी पाउँदै आएका छन् । स्थानीय तहले पाउने यो रोयल्टी २५ प्रतिशत मात्रै हो । ५० प्रतिशत केन्द्र र २५ प्रतिशत प्रदेश सरकारले पाउँछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage