scheduleशनिवार आश्विन ४ गते, २०७६

पूर्वयुवराज पारसमाथि छानबिन गर्न डीआईजी क्षत्रीको निर्देशन


काठमाडौं, २ भदौ । पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि साहले दुर्व्यवहार गरेपछि उनीमाथि प्रहरीले छानबिन थालेको हो ।

साह आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेपछि विवादमा तानिएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको बताएका छन् । ‘विमानस्थल प्रहरीलाई घटनाबारे भएको के हो विवरण चाहियो भनेर भनेको छु । विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

साहले आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले पुछपाछ गरेपछि सई खत्रीाई छातीमा समातेर धकेलेका थिए । उक्त दृश्य सामाजिक सञ्जालमा चर्चामा रहेको छ । साहले प्रहरीमाथि दुर्व्यवहार गरिरहँदा उनका समर्थकले राजतन्त्रको पक्षमा नारा लगाइरहेका थिए ।

उक्त घटना पारस साह आफ्नी आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड बिदाई गर्न विमानस्थल पुग्दा भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage