scheduleशनिवार आश्विन ४ गते, २०७६

रद्द भयो सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइटको लाइसेन्स


काठमाडौँ, २ भदौ । नेपाल दूसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गी स्वामित्वको ‘नेपाल स्याटेलाइट’को अनुमति पत्र खारेज गरिदिएको छ । कम्पनीले प्राधिकरणले दिएको म्यादमा बक्यौता रकम तिर्न नसकेपछि अनुमति पत्र खारेज गरेको जनाएको हो ।

कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको थियो । प्राधिकरणले दिइएको ३ महिनाको समयसीमामा पनि रकम नबुझाएकोले लाइसेन्स रद्द गरेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए ।

नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage