लियोनल मेस्सी अझै क्लब अभ्यासका लागि फर्किएनन्
काठमाडौँ, ३ भदौ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी अझै क्लब अभ्यासका लागि फर्किएका छैनन् ।
उनी बिनाको पहिलो ला लिगा खेलमा पराजय भएपछि बार्सिलोनाले उनको अभाव खट्कीएको महसुस गरेको छ ।
तर, उनी अभ्यासका लागि फर्किन अझै समय लाग्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार क्याम्प नउमा हुने रियल बेटिसविरुद्धको खेलमा पनि उनी अनुपस्थित हुने बताइएको छ ।