scheduleबिहिवार कार्तिक २८ गते, २०७६

भारतले पठाएको यान चन्द्रमाको कक्षमा प्रवेश गर्‍यो, वैज्ञानिक उत्साहित

एजेन्सी, ३ भदौ । भारतीइ अन्तरिक्ष अनुसन्धान संगठन (इसरोले) प्रक्षेपण गरेको चन्द्रयान-२ मंगलबार बिहान चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

इसरोले चन्द्रयान-२ लाई २२ जुलाईका दिन आन्द्र प्रदेशको श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपित गरेको थियो । प्रक्षेपण गरेको करिब ३० दिनपछि चन्द्रयान चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

यदि उक्त यान चन्द्रमामा अवतरण हुन सक्यो भने भारतलाई निकै ठूलो सफलता मिल्ने छ । यो अभियान सफल भएमा रुस, अमेरिका  र चीनपछि चन्द्रमाको सहतमा रोबर अवतरण गराउने चौथो मुलुक भारत बन्ने छ ।

चन्द्रयान सेप्टेम्बर ७ मा चन्द्रमामा अवतरण गर्ने अपेक्षा गरिएको छ ।

यसअघि इसरोले चन्द्रयानलाई चन्द्रमाको कक्षमा प्रवेश गराउने कार्यलाई निकै कठिन भनेको थियो । सेटलाइट चन्द्रमाको सहतमा उच्च गतिका साथ प्रवेश गरेमा गतिका कारण असन्तुलित हुने र अन्तरिक्षमा नै हराउने जोखिम रहेको थियो । यदि गति कम भएमा चन्द्रमाको गुरुत्वाकर्षणले यानलाई तान्ने र चन्द्रयान चन्द्रमाको सहतमा खस्ने डर थियो ।

तर सही गतिका कारण यान कक्षमा प्रवेश गरेको छ ।

त्यसैले चन्द्रयानको गति सही भएमात्रै इसरोको अभियान सफल हुने छ । यदि सानो गल्तिले समेत यो अभियान असफल हुने संभावना हुन्छ । तर मंगलबार चन्द्रयान चन्द्रमाको कक्षमा प्रवेश गरेपछि भारतीय वैज्ञानिकहरु निकै उत्साहित भएका छन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage