scheduleबुधवार फाल्गुन ७ गते, २०७६

कर्मचारी सरुवाको बहानामा वडाको पञ्जिकरणको काम स्थगित

रोल्पा, ३ भदाै । रोल्पाको माडी गाउँपालिका वडा नं.२ घर्तिगाउँले गत वर्षबाट शुरु गरेको अनलाइन प्रणलीबाट पञ्जिकरणको काम कर्मचारी सरुवाको बहाना गर्दै स्थगित गरेको छ ।

वडा सचिव खडक बहादुर घर्तिमगर गत साउनमा सरुवा भएर संघीय सरकारमा गएपछि विवाह दर्ता, जन्मदर्ता, मुत्यदर्ता लगायतका पञ्जिकरणको काम बन्द भएको सार्वजनिक सुचनामार्फत जानकारी गराइएको छ ।

नयाँ आउने सचिवको नामबाट नयाँ आइडी बनाउनुपर्ने भएको समेत सुचनामा उल्लेख गरेको छ । वडामा पञ्जिकरणको काम नहुँदा वडामा सेवा लिन आउने सेवाग्राही निराश हुँदै फर्कने बाध्य भएका छन् । नियमिति उपलब्ध हुनुपर्र्ने सेवा कर्मचारी सरुवाको बहानामा स्थगित गरेकोमा स्थानीयले आक्रोश पोखेका छन् ।

साथै सार्वजनिक गरिएको सुचनामा २०७५ साल श्रावन २५ बाट सेवा बन्द लेखिएकाले अहिले उक्त सेवा सुचारु भएको हुन सक्ने भएको भन्दै वडा कार्यालय पुगेपनि काम हुन नसक्दा दुःख मात्रै हुने गरेको स्थानीयको गुनासो रहेको छ । हाल गाउँपालिकाले स्वास्थ्यकर्मी तिर्सना घर्ति मगरलाई वडा सचिवको जिम्मेवारी दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय