scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Global IME

प्रहरीलाई कसैको दबाबमा नपरी जिम्मेवारी पूरा गर्न आइजिपी खनालको निर्देशन

काठमाडौं, ३ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् । सबै प्रहरी कर्मचारीले शुद्ध मनले छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने खनालको भनाइ थियो ।

मंगलबार महानिरीक्षक (आइजिपी) खनालले नवनिर्मित भवन परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गरे । सो अवसरमा उनले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न हुनु र भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको बताए ।

महानिरीक्षक खनालले नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको समेत बताएका थिए ।

पोखराको संघीय प्रहरी इकाई कार्यालयको नवनिर्मित भवन राष्ट्रिय पुनर्निर्माण प्रधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको हो । साढे दुई तल्ले उक्त कार्यालय भवनको कूल लागत २ करोड ७८ लाख ७० हजार २ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage