scheduleशनिवार आश्विन ४ गते, २०७६

नेकपाको सचिवालय बैठक बस्दै, विभिन्न आयोगको जिम्मेवारी तोक्ने तयारी

काठमाडौं, ३ भदौ । आज दिउँसो बस्न लागेको सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टीका विभिन्न आयोगको जिम्मेवारी तोक्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे डाकिएको बैठकमा आयोगको जिम्मेवारीमा कसलाई लैजाने भनेर टुंगो लाग्ने बताइएको छ । आजको बैठकमा पार्टी एकतालाई पूर्णता दिन सम्पन्न गर्नुपर्ने कामबारे छलफल हुने छ ।

सत्तारुट नेकपाले लामो समयपछि विभागीय प्रमुख, जनवर्गीय संगठनका प्रमुख तथा जिल्ला इन्चार्ज/सहइन्चार्जको टुंगो लगाइसकेको छ । तर नेकपाका केन्द्रीय आयोगहरू भने गठन तथा जिम्मेवारी तोक्ने कार्य भने बाँकी छ ।

नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ। नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ।

यता सचिवालय बैठकले आफ्नो वरीयता खोसेपछि माधवकुमार नेपाल असन्तुष्ट देखिन्छ । नेपालले आजको बैठकमा यसबारे ‘नोट अफ डिसेन्ट’ राख्ने तयारी गरेका छन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage