scheduleआइतवार भाद्र २९ गते, २०७६

श्रीमानको कुटाइबाट श्रीमतिको ज्यान गयो

सांकेतिक तस्बिर

काठमाडौं, ३ भदौ । उदयपुरको बेलका नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतिको ज्यान गएको छ ।

बलेका नगरपालिका–५ का तिर्थ आले मगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मन्जु पुलामी मगरको ज्यान गएको हो । जिल्ला प्रहरी काार्यलय उदयपुरका अनुसार  तिर्थले सोमबार राति मन्जुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी मन्जुको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार राति १० बजे घरायशी विवाद बढ्दै जाँदा तिर्थले मन्जुलाई कुटेका हुन् । कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले तिर्थलाई घटना लगत्तै नियन्त्रणमा लिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage