scheduleआइतवारबैशाख ५ गते, २०७८

नेता नेपालको ‘नोट अफ डिसेन्ट’ रोक्न नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, ३ भदौ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज बस्न लागेको बैठकमा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ राख्ने तयारी गरेपछि बैठक स्थगित भएको हो ।

सचिवालय बैठकले आफ्नो वरीयता खोसेपछि माधवकुमार नेपाल असन्तुष्ट देखिन्छन् । नेपालले आजको बैठकमा यसबारे ‘नोट अफ डिसेन्ट’ राख्ने तयारी गरेका थिए । तर उनले लिखित रुपमा नै असहमति पेश गर्ने भएपछि ओली निकट नेताहरुले बैठक स्थगित गर्न ओलीलाई दबाब दिइरहेका थिए ।

ओली निकट नेताको दबाबपछि आजको बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे डाकिएको बैठकमा आयोगको जिम्मेवारीमा कसलाई लैजाने भनेर टुंगो लाग्ने बताइएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay