scheduleशनिवार आश्विन ४ गते, २०७६

पर्याप्त गृहकार्य नभएको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

फाइल फोटो

काठमाडौँ, ३ भदाै । आजका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

मङ्गलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ ।

आजको सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्ने बताइएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage