scheduleसोमवार आश्विन ६ गते, २०७६

बन्द उद्योग खुलाउने तयारीमा सरकार, ५ लाखले रोजगारी पाउने

काठमाडौं, ४ भदौ । निजी क्षेत्रलाई दिएर बन्द भएका र सरकारी स्वामित्वमा रहेर पनि बन्द उद्योगहरु सरकार आफैंले चलाउने तयारी सुरु गरेको छ । गोरखकाली टायर उद्योग, हेटौडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना, विराटनगर जुटमिल लगायतका बन्द उद्योग सञ्चालनको तयारीमा सरकार जुटेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा बन्द उद्योग चलाउने तयारी गरेको छ । लामो समयदेखि बन्द जनकपुर चुरोट कारखाना सञ्चालनका लागि तीन चिनियाँ र दुई भारतीय गरी ५ बिदेशी कम्पनीले इच्छा देखाएका छन् ।

प्रवक्ता भट्टराईका अनुसार सरकारी स्वामित्वको उद्योगको बक्यौता र अन्य झमेला टुंग्याउन मन्त्रालयले गृहकार्य गरिरहेको छ । सरकारी स्वामित्वमा मात्र २१ वटा उद्योगमध्ये ७ वटा उद्योग बन्द छन् । राजनीतिक हस्तक्षेप र भर्तीकेन्द्र बनाइँदा टाट पल्टिएको भनिएका ती उद्योग चलाउन सके ५ लाखभन्दा बढीले रोजगारी पाउन सक्ने अधिकारीहरुले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage