scheduleशनिवार आश्विन ४ गते, २०७६

रविलाई पूर्वमहान्याधिवक्ता, अस्मिताले पाइनन् अधिवक्ता

काठमाडौं, ४ भदौ । पुडासैनी आत्महत्या प्रकरणकी आरोपित अस्मिता कार्कीको बहसका लागि कुनै पनि अधिवक्ता तयार भएनन् । रवि र युवराजको पक्षमा पूर्वमहान्याधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ ।

प्रतिवादी रवि र युवराजको तर्फबाट पूर्वमहान्यायधीवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए ।

बहसका क्रममा ती अधिवक्ताले प्रहरीसँग मात्र भएको भनिएको भिडियो कसरी सञ्चारमाध्यममा गयो भनेर छानबिनका लागि माग गरेका थिए । मंगलबार दिउँसो दुई बजेर २० मिनेट जाँदा सुरु भएको म्याद थप बहस चार बजेर ३० मिनेटमा सकिएको थियो । म्याद थपकै बहसमा एक/एक घन्टा लामो बहस पन्त र पोखरेलले गरेका थिए ।

अनुसन्धान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः थप भएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए । साउन ३० गतेबाट लागू हुने गरी पहिलोपटक पाँच दिनको म्याद थप भएकोमा भदौ २ गते म्याद सकिएपछि सोमबार ३ गते पुनः म्याद थपका लागि अदालतमा पेस भएको थियो । रविसँग झन्डै पाँच घन्टा बयान लिइएको छ । सोमबार र मंगलबार गरी पाँच घन्टा बयान लिइएको हो । नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage