scheduleशनिवार आश्विन ४ गते, २०७६

काश्मिर मुद्दा लिएर राष्ट्र संघपछि अन्तर्राष्ट्रिय अदालत जाँदै पाकिस्तान


इस्लामावाद, ४ भदौ । पाकिस्तान सरकार काश्मिर मुद्दालाई लिएर राष्ट्रसंघपछि अन्तर्राष्ट्रिय अदालत जाने भएको छ । पाकिस्तानी मिडियालाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेको खबर अनुसार पाकिस्तान सरकारले यस्तो तयारी गरिरहेको छ ।

भारतले अगस्ट ५ मा जम्मू-काश्मिरको विशेष राज्यको विशेष व्यवस्था खोसेको थियो । भारतको कदमसँगै काश्मिरमा अवस्था तनावग्रस्त रहँदै आएको छ । पाकिस्तानले यसअघि काश्मिर मुद्दालाई युएनएससीमा पनि उठाएको थियो । त्यहाँ चीनबाहेक कुनै पनि देशले पाकिस्तानको साथ नदिएको भारतको जिकिर रहँदै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage