scheduleबिहिवार आश्विन २ गते, २०७६

विज्ञ भन्छन्- स्थानीय तहले बहुप्रकोपीय नक्सा बनाउनैपर्छ

काठमाडौं, ४ भदौ । प्राकृतिक प्रकोपको विषयमा स्थानीय सरकारले बहुप्रकोपिय नक्सा बनाउनु पर्ने विज्ञहरुले बताएका छन् ।

बाढी, पहिरो, हावाहुरी लगायतका विपद्को व्यवस्थापनको लागि बहुप्रकोपीय नक्सा बनाउन स्थानीय तहले तयारी गर्नुपर्ने उनीहरुले बताएका हुन् । विपद् व्यवस्थापनको लागि स्थानीय तहले गरिरहेको काम राम्रो भएपनि विपद्बाट पर्ने प्रभाव नियन्त्रणको लागि बहुप्रकोपीय नक्सा बनाउनु आवश्यक रहेको विपद् न्यूनिकरणका अनुसन्धानकर्ता डा. गंगालाल तुलाधर बताउँछन् ।

विशेषगरी खोलाको छेउमा रहेका बस्तीहरु जोखिममा रहेकाले खोलाको छेउमा भएका बस्तीलाई सुरक्षित स्थानमा राख्न जोड दिनुपर्ने उनको भनाइ छ । बाढी, पहिरो लगायतका प्रकोपका कारण बर्षेनी हजारौँ नागरिक प्रभावित हुने गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage