scheduleआइतवार भाद्र २९ गते, २०७६

मौसम फेरिँदा अछामका स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढे

अछाम, ४ भदौ । मौसम परिवर्तन सँगै अछामका स्वास्थ्य संस्थामा ज्वरोका विरामी बढेका छन् । गर्मी तथा लगातारको वर्षात्सँगै मौसममा आएको परिवर्तनले अहिले ज्वरोका बिरामी बढेका हुन् ।

जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत डाक्टर अतुल भारद्वाजका अनुसार अहिले दैनिक ६० देखि ७० प्रतिशत बिरामी ज्वरोकै कारण अस्पताल आउने गरेका छन् ।

यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने उनले बताए । डा. भारद्धाका अनुसार प्रतिकूल मौसम, खानेपानीमा ध्यान नदिनु, सरसफाइको कमी लगायतका कारण भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage