scheduleसोमवार आश्विन ६ गते, २०७६

यू १९ एसिया कप क्रिकेटः सुरुमै नेपालको भेट श्रीलंकासँग


काठमाडौं, ४ भदौ । नेपाली क्रिकेट टोलीले एसीसी यू १९ एसिया कपमा आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । भदौ १९ देखि २८ गते सम्म आयोजना एसिया कपमा नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ ।

अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता प्राप्त बंगलादेशको पनि सामना गर्नेछ ।

नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् भने अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । यसअघिको संस्करणमा नेपालले भारतलाई हराउँदै इतिहास रचेको थियो ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage