scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

भारतीय विदेशमन्त्री काठमाडौं उत्रिए

काठमाडौं, ४ भदौ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन् । विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका हुन् ।

सन् १९८७ मा गठन भएको नेपाल-भारत संयुक्त आयोगको बैठक केही समयपछि काठमाडौंमा सुरु हुँदैछ । दुवै देशका परराष्ट्र मन्त्रीले अध्यक्षता गर्ने आयोगको बैठक प्रत्येक दुई-दुई वर्षमा बस्नुपर्ने व्यवस्था भए पनि एक वर्ष ढिला गरी बुधबार काठमाडौँमा सुरु हुन लागेको हो ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा जय शंकर र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सहभागिता जनाउने छन् । बैठकमा नेपालले राजनीतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृतिबारेका विषयलाई केन्द्रमा राख्ने जनाइएको छ ।

यता भारतले भने सीमापार सुरक्षा र भारतीय लगानीमा सञ्चालित परियोजना कार्यान्वयनलाई प्राथमिकता दिने बताइएको छ । भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मू-काश्मीरको विशेषाधिकार खारेज गरेको सन्दर्भमा खुला सिमाना रहेको नेपालसँग सीमापार सुरक्षालाई विशेष चासोका साथ उठाउने ठानिएको छ।

एस जयशंकर नयाँ संविधान जारी हुने सयममा मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए । संविधान जारी गर्ने कार्यमा व्यवधान खडा गरेको आरोप उनीमाथि लागेको थियो । त्यही भएर नेपालमा जयशंकरको छविलाई नकरात्मक रुपमा हर्ने समेत गरिन्छ । कतिले उनलाई नाकाबन्दीको मुख्य योजनाकार समेत भनेर आरो लगाउने गर्छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय