scheduleबुधवार कार्तिक २७ गते, २०७६

विश्वका घुम्नै पर्ने १० उत्कृष्ट शहरमा काठमाडौं समेत

काठमाडौं, ४ भदौ । सन् २०१९ मा घुम्नै पर्ने १० उत्कृष्ट शहरमा काठमाडौं समेत परेको छ ।

लोनली प्लानेट नामक संस्थाले सन् २०१९ मा भ्रमण गर्नुपर्ने १० उत्कृष्ट शहरमा नेपालको राजधानी काठमाडौंलाई समेत सूचीकृत गरेको हो ।  लोनली प्लानेटले सार्वजनिक गरेको सूचीमा काठमाडौं ५ औं स्थानमा छ ।

सन् २०१९ मा भ्रमण गर्नुपर्ने उत्कृष्ट शहरको पहिलो स्थानमा डेनमार्कको कोपनहेगन रहेको छ । त्यस्तै दोस्रो स्थानमा चीनको शेनजेन, तेस्रो स्थानमा सर्वियाको नोभी सद, चौथो स्थानमा अमेरिकाको मायामी र पाँचौं स्थानमा काठमाडौं रहेको छ ।

उक्त सूचीको छैटौं स्थानमा मेक्सिको सिटी, सातौं स्थानमा सेनेगलको डाकार, आठौं स्थानमा अमेरिकाको शियाटल, नवौं स्थानमा क्रोयशियाको जादर र दशौं स्थानमा मोरक्कोको मेक्निस छन् ।

विश्वभरका पर्यटकले नेपालको राजधानी काठमाडौंलाई ऐतिहासिक शहर एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शहरको रुपमा लिने गर्छन् । विभिन्न कलात्मक मन्दिर, मूर्ति तथा दरबारका लागि काठमाडौं विश्वभर चर्चित छ ।

हिन्दुका आराध्य देवता पशुपित नाथको मन्दिर, बौद्धमार्गीको पवित्र स्थल बौद्धनाथ तथा स्वयम्भु, हनुमान ढोकासहित विभिन्न दरबारका कारण काठमाडौंमा वर्षेनी लाखौं पर्यटक आउने गर्छन् ।

यति मात्रै होइन, काठमाडौं प्राकृतिक सुन्दरताले समेत भरिपूर्ण छ । ककनी, गोदावरी तथा नगरकोट जस्ता रमणीय स्थानले गर्दा समेत काठमाडौं उपत्यकामा पर्यटकको घुइँचो लाग्ने गर्छ ।

सन् २०१९ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट सूचीमा नेपालको राजधानी काठमाडौं परेसँगै नेपाल भ्रमण वर्ष-२०२० पूर्ण रुपमा सफल हुने अपेक्षा गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage