scheduleसोमवार आश्विन ६ गते, २०७६

पहिलो खेलमा भारतसँग नेपाल ५-० ले पराजित

काठमाडौं, ४ भदौ । साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५-० ले पराजित भएको छ ।

भारतको कल्याणीमा भएको खेलमा भारतीय टोलीले नेपाली टोलीलाई ५-० गोलले पराजित गरेको हो । भारत सुरुवातदेखि नै नेपालमाथि हावी भएको थियो । भारतका लागि छैटौं मिनेटमा महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए ।

खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा फेरि अर्को गोल खायो, उसका लागि मजुम्दारले गोल गर्न सफल भए ।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो । ५० औं मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल गर्‍याे । उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई चार शून्यको अग्रतामा पुर्‍याए ।

खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल गर्न सफल भयो । नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage