scheduleसोमवार आश्विन ६ गते, २०७६

विद्यालयका ९ जना छात्रा बेहोस


दाङ, ४ भदौ । दाङको बबई गाँउपलिकाको जनकल्याण माबि पदमपुरका ९ जना छात्रा बेहोस भएका छन् । गाउँपालिकाको केन्द्र हापुरेमा रहेको जणकल्याण मावि पदमपुरका कक्षा ६ देखि १० मा पढ्ने छात्राहरु एक पछि अर्को हुँदै बेहोस भएका हुन् ।

छात्राहरुमा पेट पोल्ने, हातखुट्टा झमझमाउने लक्षण देखापर्ने र एक्कासि बेहोस हुने गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ । यस अघि पनि केही छात्राहरुमा यस्तो समस्या हुने गरेको थियो ।

दिनहुँ जस्तो एकदुई जना छात्राहरुमा यो समस्या थियो तर आज भने ९ जना छात्रा एक्कासि बेहोस भएपछि विद्यालयको पठन पाठन प्रभावित भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage