scheduleबुधवार कार्तिक २७ गते, २०७६

आईसीसी महिला टी–ट्वान्टी क्रिकेटः नेपालको वरियता यथावत


काठमाडौं, ४ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहँदै १४ औं स्थानमा रहेको हो ।

अघिल्लो वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १ सय २८ रेटीङ्ग अङ्क पाएको छ । नेपालले आईसीसी विश्वकप एसिया छनोट खेल खेलेपछि अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । एसोसियट राष्ट्रको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् ।

महिलाको टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत रहेको छ । एकदिवसीय वरियतामा भने नेपाल अटाउन सकेको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage