scheduleशनिवार आश्विन ४ गते, २०७६

नेकपा बैठकमा कुनै निर्णय भएन, अर्को बैठक विहीबार बिहान

NCP Meeting
काठमाडौं, ४ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना निष्कर्ष स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महानगरपालिका स्तरीय समितिको अध्यक्ष र सचिवबारे छलफल भए पनि कुनै निर्णय नभएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले गृहकार्य नपुगेकाले बैठकबाट कुनै निर्णय हुन नसकेको बताए । उनले महानगर अध्यक्ष र सचिव, प्रवास कमिटी र आयोगहरुबारे छलफल भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठक विहीबार बिहान ८ बजे बस्नेछ । बिहान बैठक बसेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदैछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage