scheduleशनिवार आश्विन ४ गते, २०७६

काेठा नम्बर १११ मा मृत भेटिए एक महिला र पुरूष


काठमाडाैं, ४ भदौ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइँले मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए। दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage