scheduleसोमवार आश्विन ६ गते, २०७६

यी हुन् प्राय पुरुषले बोल्ने पाँचवटा झुट !

एजेन्सी । हालै गरिएको एक सर्भेको निष्कर्षलाई मान्ने हो भने महिलाको तुलनामा पुरुषहरु बढी झुटो बोल्छन् । त्यसैले त महिलाहरु बढी शंकालु बनेका हुन्, भन्छ रिपोर्टले । तर कस्तो झुट र किन बोलेको भन्ने कुरा भने व्यक्ति विशेषमा नै निर्भर गर्छ । यस्ता कतिपय झुटले सम्बन्ध सपारेका छन् र कतिपयले बिगारेका पनि ।

केही पुरुषहरु आफ्नी श्रीमतीलाई खुसी राख्न झुट बोल्छन्, जसलाई त्यत्ति नराम्रो मान्न नसकिएला । तर केही झुट यस्ता हुन्छन्, जुन बोल्ने र विश्वास गर्ने दुबैका लागि घातक पनि हुन सक्छ ।

आउनुस्, आज हामीले पुरुषहरुले प्राय बोल्ने ५ वटा झुटबारे उल्लेख गर्दैछौं ।

 

१. मैले कसैलाई आँखा लगाएको छैन !

बाटोमा हिँड्दै गर्दा राम्री केटी देख्यो भने प्राय पुरुषहरु उनलाई घुरेर हेर्छन् । तर, कसैले यही सवाल उठायो भने उनीहरु कहिल्यै गल्ती स्वीकार्न तयार हुँदैनन् । हेर्दाहेर्दै रंगेहात पक्डिएको किन नहोस्, तर उनीहरु झुट भने बोलिहाल्छन् । ‘हैन, कहाँ हुनु ! मैले हेरेकै छैन,’ भन्ने उनीहरुको जवाफ हुन्छ ।

 

२. मैले चुरोट पिउँदिन !

प्राय युवकहरु त चुरोट पिएको कुरा स्वीकार्नै तयार हुँदैनन् । क्याफे तथा अन्य सेक्रेट ठाउँमा बसेर चुरोट पिउने र च्वीङ्गम तथा अन्य केही त्यस्तै चिज खाएर मुख सफा गर्दै घर फर्किनेहरुको संख्या निकै बाक्लो छ ।

तर चुरोट पिउने भन्ने जानकारी भएका पुरुषहरुले पनि ढाटिरहेका हुन्छन् । तपाईंले आफ्नो श्रीमान वा ब्याइफ्रेण्डको झोला वा गोजीबाट चुरोटको खाली बट्टा भेट्नुभयो भने सोध्नुस्, उनीहरु कहिले पनि त्यो सिंगो बट्टको चुरोट आफैंले सकाएको भन्न तयार हुँदैनन् ।

 

३. मैले तिम्रो अलावा अरु कसैसँग सम्बन्ध राख्ने सोचेकै छैन !

यस सवालमा पुरुषहरु प्राय झुटै बोल्छन् । बुढो हुँदासम्म पनि राम्रीलाई देख्दा चुक्चुकाउँछन् । मोडल तथा हिरोइनलाई लिएर मनमा एक किसिमको आकर्षण हुन्छन् । मन-मनमै फेन्टासी पाल्छन् । तर सोध्ने हो भने हमेसा झुट बोल्छन् ।

 

४. म तिमीबिना एकदिन भन्दा बढी बस्नै सक्दिन !

यदि तपाईं विवाहित हुनुहुन्छ भने यो कुरा सुन्ने बानी नै परिसकेको हुनसक्छ । प्राय श्रीमानहरु श्रीमती माईत जाने बेला भो नजाउ, म तिमी बिना बस्न सक्दिन भनिरहेका हुन्छन् । तर वास्तविकता अर्कै हुन्छ, प्राय पुरुषहरु केही दिन श्रीमतीबाट टाढा रहनपाए आफ्नो फ्रि र अविवाहित हुँदाको जस्तो ढुक्को लाईफ जिउन चाहन्छन् ।

तर अपवाद, यो कुरा श्रीमान-श्रीमतीमात्रै रहेको फेमिलीमा भने लागु नहुन सक्छ । व्यस्तताकाबीच घरको सबैकाम गर्नुपर्ने झन्झटका कारण पुरुषहरु श्रीमती धेरै दिन टाढा नहोस् भन्ने सोच्छन् ।

 

५. म निदाएको होइन, केही सोच्दै थिएँ !

तपाईंले आफ्नो प्रेमी वा पतिलाई दिउँसो सुतिरहेको बेला भेट्नु भयो भने उनीहरु आफू निदाएको मान्न हत्तपत्त तयार हुन्नन् । झकाउँदै गरेको अवस्थामा भेटिए पनि उनीहरु हमेशा म निदाएको होइन, केही सोच्दै थिएँ भन्ने जवाफ दिन्छन् । यस विषयमा झुट बोल्ने पनि पुरुषहरुको पूरानो आदत हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage