scheduleबिहिवार आश्विन २ गते, २०७६

यी हुन् धनाढ्य पति पाउने तरिका, जुनकुरा विशेष क्लासमै सिकाइन्छ !

चीनकी एक महिलाले युवतीहरुलाई धनी पति पाउने टिप्स सिकाउँछिन् । करोडपतिसँग विवाह गरेकी ति महिलेले चलाएको विशेष कक्षामा धनी पुरुषसँग भेट्ने, उससँग डेट गर्ने तथा उसको नजिक हुने उपायहरु सिकाइन्छ ।

दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तमा सञ्चालनमा रहेको यस्तो कक्षामा सहभागी हुन चाहनेले $1600 फी तिर्नुपर्छ । धनाड्यलाई पट्याउन सिकाउने ४२ वर्षीय सू फेई आफ्नो कोर्समा धनी पुरुषहरुसँग भेटाउने दावी पनि गर्छिन् ।

उनले ३७ वर्षको उमेरमा एक चाईंनिज करोडपतिसँग विवाह गरेकी थिइन् । त्यसपछि उनले सञ्चालन गरेको यो क्लास हालसम्म १०० भन्दा बढी महिलाले भाग लिगिसकेका छन् ।
यस क्लासमा सिकाइने खास कुरा :

पहिलो भेट:

तपाईं जुन पुरुषलाई चाहनुहुन्छ, उसबारेमा सुरुमा केही कुरा पत्ता लगाउनुस् । जस्तो कि उसको बानी कस्तो छ, के मन पराउँछ, प्राय कुन ठाउँमा आउनेजाने गर्छ आदि । त्यसपछि उसलाई फलो गर्न थाल्नुस् । एक्कासी उसको अघि पर्नुभयो भने विलकुल अन्जान र पहिलो पटक देखेको जस्तो व्यवहार देखाउनुस् । साथै आफ्नो बानीमा उसँग मिल्ने कैयन समानता रहेको छनक पनि दिनुस् । अनि फेरि भेट्ने कुनै बहाना निकाल्नुस् ।

 

पहिलो डेट:

पहिलो डेटमा सबैभन्दा महत्वपूर्ण कुरा उसलाई इम्प्रेस गर्ने नै हो । तपाईं ध्यान दिएर यस्तो लोकेसनमा बस्नुस्, जहाँ ३० देखि ४५ डिग्रीबाट उज्यालोका किरणहरु तपाईंको अनुहारमा परोस् । यसबाट तपाईंको अनुहारको चमक दोगुना बढ्छ । थोरै मिहेनत त गर्नुपर्यो नि, धनाढ्य पति पाउन सजिलो कहाँ छ र !

प्रोफेसनमा ध्यान:

उसँग हुँदा महङ्गो खाना पनि अर्डर नगर्नुस् र लग्जरी गिफ्ट पनि नलिनुस् । सामान्यतया धनाढ्य पुरुषहरु प्रोफेसर, डक्टर, सिभिल सर्भिस जस्ता प्रोफेसनका युवती बढी मन पराउँछन् । तर, फ्लाइट अडेन्डेन्स, पत्रकार तथा आफ्नो पाराले चल्ने केटीहरु उनीहरुलाई खासै मन पर्दैन । त्यसैले सुरुमै प्रोफेसन चयन गर्दा नै ध्यान पुर्याउनुस् ।

धेरै नजिक नहुनुस्

अफेयर सुरु भएको कम्तिमा २ महिनासँग उसँग धेरै नजिक नहुनुस् । आफ्नो लिमिटेसनको राम्रोसँग ख्याल राख्नुस् । यदि तपाईं एक वर्षमा उसँग विवाह गर्न चाहनुहुन्छ भने मिटिङ शेड्युल थोरै टाइट बनाउनुस् ।

ढिला भयो कि !

तपाईं धनाढ्य पुरुषसँग लामो समयदेखि डेट गर्दै  हुनुहुन्छ, तर उसले विवाहको व पनि उच्चारण गर्दैन भने समयमै सचेत हुनुस्, दाल गल्नेवाला छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage