scheduleसोमवार आश्विन ६ गते, २०७६

ख्याल गर्नुस्, पुरुषहरुको यस्तो कुराले घोच्छ महिलालाई !

एजेन्सी । यो कुरामा कुनै शंका छैन, महिला र पुरुष भावनात्मक रुपमा एकअर्कासँग निकै अलग हुन्छन् । हालै गरिएको एक अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ ।

अनुसन्धानमा आधारित रिपोर्टका अनुसार महिलाहरु भावनात्मकरुपमा आहत हुँदा सबैभन्दा बढी दु:खित् हुन्छन् । रिपोर्टमा भनिएको छ, यदि उनीहरुलाई सेक्सुअल्ली धोखा हुन्छ भने त्यो सहन सक्लान्, तर भावनात्मक चोट कहिल्यै भुल्दैनन् ।

तर, पुरुषहरुको सन्दर्भमा भने यो कुरा ठ्याक्कै उल्टो हुन्छ । भावनात्मक चोट उनीहरु सहन सक्लान्, तर सेक्सुअल्ली धोखा उनीहरुलाई पाच्य हुँदैन ।

अनुसन्धानको निष्कर्षमा भनिएको छ, यो शदियौंदेखि विकास भएको मानसिकता हो । जसका कारण महिला र पुरुषबीच यतिधेरै अन्तर देखिएको छ । परम्परागत रुपमा बच्चाको रेखदेख गर्नु आमाको जिम्मेवारी मानिन्छ । जुन घरमा पुरुष सकारात्मक व्यवहार देखाउँछन्, त्यहाँ परिवार सञ्चालनको जिम्मेवारी प्राय महिलामा नै हुन्छ ।

महिलामा भावनात्मक जलन अत्यन्तै हुन्छ । यदि आफ्नो प्रेमी वा श्रीमानले आफूलाई छोडेर अन्त जाला भन्ने भावना पलायो भने उनीहरु निकै नै दु:खी हुन्छन् । उता पुरुषहरु भने आफ्नी प्रेमीका वा श्रीमतीले अरु कसैसँग सारीरिक सम्बन्ध राखेको कुरा सुन्न समेत सक्दैनन् । सुनिहाले जस्तो सुकै अप्रिय निर्णय पनि तुरुन्तै लिन्छन् ।

 

यसक्रममा एक हजार जना मानिसबीच अनुसन्धान गरिएको थियो । अनुसन्धानको निष्कर्ष रह्यो, महिला र पुरुषबीच कैयन समानता हुन्छन्, तर रीप्रोडक्सनको सवालमा भने यी दुईबीच विलकुल विपरित सोच हुन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage