scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

८ वर्षसम्म बनेन सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल

काठमाडौँ, ५ भदौ ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा नभएपछि त्यसको कारण खोज्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बधबार तीन सदस्यी अध्ययन कार्यदल बनाएको छ ।

शिक्षा तथा स्वास्थ्य समिति सदस्य सांसद अन्जना विशंखेको संयोजकत्वमा गठित कार्यदल एकवाल मियाँ र सरिता न्यौपाने सदस्य छन् । कार्यदललाई ५ दिनको कार्यावधि दिइएको छ । कार्यदलले भवनको स्थिती, सम्झौतापत्रको अध्ययन, सम्झौताअनुसारको काम नहुनुको कारण्, भेरियसनको नाममा रकम वृद्धि गरिनुको कारण, विभिन्न निकायको भूमिका लगायत विषयमा अध्ययन गर्नेछ । रु ५५ करोड ५१ लाख २८ हजारमा निर्माण सम्झौता भएको यो भवन भेरियसनका नाममा ५ करोड ७० लाख बृद्धि गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुवर्षीय परियोजनाअन्तरगत शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल भवन बनाउन ०६८मंसिरमा संझौता भएको थियो । कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage