scheduleसोमवार आश्विन ६ गते, २०७६

रियल मड्रिडमा खुसी छैनन् केलोर नाभास

काठमाडौँ, ५ भदौ । रियल मड्रिडका स्टार गोलरक्षक केलोर नाभासले क्लब छोड्ने धुर्की देखाएका छन् । पहिलो रोजाइमा नपरेपछि उनले यस्तो निर्णय लिएको बताइएको छ ।

पहिलो रोजाईमा थियावउट कोर्तुवा परेपछि उनी क्लबमा बेखुसी रहेका छन् । प्रशिक्षक जिनेदान जिदानले पनि उनलाई मौका दिने कुरामा केही बोलेका छैनन् ।

कोर्तुवाको खेल खासै सन्तोषजनक नभएपनि उनी प्रशिक्षकको भने पहिलो रोजाइमा परिरहेका छन् ।

लामो समय रियलमा बिताएका उनले मौका नपाए क्लब छोड्ने निर्णय लिने बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage