scheduleसोमवार आश्विन ६ गते, २०७६

नेयमारको भाग्य ११ दिनभित्र तय हुने

काठमाडौँ, ५ भदौ । नेयमारले पिएसजीबाट खेल्न नचाहेपछि उनी अन्य क्लब जाने लगभग पक्का रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले कोटिन्होलाई बार्यनमा लोनमा पठाएपछि अब नेयमार बार्सिलोना आउने सम्भावना बलियो रहेको छ । तर, बार्सिलोनामात्र नभइ रियल मड्रिड पनि उनलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई लोनमा कुनै क्लब पनि नपठाउने बताइएको छ । बार्सिलोनाले लोनमा नेयमारलाई फर्काउन प्रयास गरेको थियो । तर, पिएसजीले ठाडै अस्वीकार गरेपछि नेयमार यता न उता भएका छन् । नेयमारको भाग्य ११ दिनभित्र तय हुनेछ ।

मिडिया रिपोर्टका अनुसार नेयमारले बार्सिलोना आउन हरसम्भव प्रयास समेत गरेको बताइएको छ ।

तर, बार्सिलोनाले यसका लागि आवश्यक प्रक्रिया केही दिनभित्र नै सक्नुपर्ने बाध्यता रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage