scheduleमगलवार फाल्गुन १३ गते, २०७६

स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै प्रधानमन्त्री केपी ओली

काठमाडौँ, ५ भदौ । चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणका लागि पुनः आज सिंगापुर जाँदैछन् । औषधि परिवर्तन गरेका कारण त्यसको प्रभावबारे बुझ्न उनी सिङ्गापुर जान लागेको बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

ओलीको यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको बताइएको छ। औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ।

साउन २७ गते उनी स्वदेश फर्किएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय