scheduleबुधवार कार्तिक २७ गते, २०७६

पक्राउ परेका भारतीय पूर्व वित्तमन्त्री चिदम्बरमलाई अदालतसामु पेश गरिँदै

एजेन्सी, ५ भदौ । बुधबार पक्राउ परेका भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई आज अदालतमा पेश गरिने भएको छ ।

केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले आइएनएक्स मिडिया मामिलामा पूर्व वित्तमन्त्री चिदम्बरमलाई  बुधबार राति पक्राउ गरेको थियो । जोरबागस्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरिएको हो ।

आईएनएक्स मिडिया मुद्दामा फरेन इन्भेस्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी) बाट सन् २००७ मा अर्थमन्त्री भएको बेला गैर कानूनी मान्यता दिलाउनका लागि रकम हिनामिना गरेको आरोपमा चिदम्बरमलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ ।

बुधबार रातभर सीबीआई मुख्यालयमा चिदम्बरमसँग सोधपुछ भएको थियो । सोधपुछपछि उनलाई आज अदालतमा पेश गरिने भएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage