scheduleशनिवार आश्विन ४ गते, २०७६

अमेरिकी क्षेप्यास्त्र परीक्षणप्रति रुस र चीनको आपत्ति

एजेन्सी, ५ भदौ । अमेरिकाले गरेको क्षेप्यास्त्र परीक्षणप्रति रुस र चीनले आपत्ति जनाएका छन् । अमेरिकी कदमबाट विश्व शान्ति र सुरक्षा जोखिममा परेको दुबै देशको भनाइ छ ।

रुस र चीनले अमेरिकी कदमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्न अनुरोध गरेका छन् ।

सोमबार अमेरिकाले गरेको क्रुज मिसाइल परीक्षणबाट रुष्ट बनेका रुस र चीनले बिहीबार सुरक्षा परिषदको बैठक गर्न माग गरेका हुन् । अमेरिकी अधिकारले मध्यम दूरीका क्षेप्यास्त्र विकास र तैनाथीबारे दिएको अभिव्यक्तिप्रति छलफल गर्नका लागि सुरक्षा परिषदको बैठक बस्नु पर्ने दुबै देशले बताएका हुन् ।

पध्र सदस्यीय सुरक्षा परिषदमा पछिल्लो अमेरिकी कदमबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा जोमिखमा परेको रुस र चीनको भनाइ छ । बुधबार अमेरिकी रक्षा मन्त्रालयले क्रुज मिसाइल परीक्षण गरेको बताएको थियो । उक्त मिसाइलले ५ किलोमिटर दूरी पार गरेर सफलतापूर्वक निशानामा प्रहार गरेको थियो ।

मध्यम दूरीका आणविक हतियारसम्बन्धी शीतयुद्धकालीन सम्झौता (Intermediate-Range Nuclear Forces Treaty) बाट बाहिरिएपछि अमेरिकाले पहिलो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

क्षेप्यास्त्र परीक्षणपछि अमेरिकी रक्षा मार्क एस्परले फक्स न्युजसँग कुराकानी गर्दै उक्त परीक्षण चीनप्रति लक्षित भएको प्रतिक्रिया दिएका थिए । ‘गलत चिनियाँ व्यवहारलाई नियन्त्रण गर्नका लागि हामीसँग समेत मध्यम दूरीका क्षेप्यास्त्र हुनुपर्छ’, एस्परले भने ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage