scheduleसोमवार आश्विन ६ गते, २०७६

सबैभन्दा बढी कमाउने एक्टरमा ‘रक’, टपटेनमा बलिउडबाट अक्षय कुमारमात्रै

एजेन्सी, ५ भदौ । फोर्ब्सले निकालेको सब‌ैभन्दा बढी कमाउने एक्टरको सूचीको पहिलो नम्बरमा चर्चित रेसलर तथा एक्टर रक अर्थात ड्वेन जोनसन परेका छन् ।

सबैभन्दा बढी आम्दानी गर्ने एक्टरमा रकको नामबाट चर्चित बनेका रेसलर तथा एक्टर ड्वेन जोनसन परेका हुन् । पहिलो नम्बरमा परेका रकको कूल आम्दानी ८९. ४ मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ ।

अघिल्लो वर्ष सबैभन्दा बढी कमाउने एक्टरको सूचीको दोस्रो नम्बरमा परेका रक यसपटक भने पहिलो नम्बरमा उक्लिएका छन् । गत वर्षको सूचीको पहिलो नम्बरमा रहेका जर्ज क्लुनी भने यस वर्ष टपटेनको सूचीमा समेत परेका छैनन् ।

सबैभन्दा धेरै आम्दानी गर्ने एक्टरको सूचीमा एभेन्जर्स एण्डगेमका क्रिस हेमस्वर्थ र रोबर्ट डाउनी जुनियर क्रमश: दोस्रो र तेस्रो नम्बरमा छ्न् । फोर्ब्सका अनुसार हेमस्वर्थको कुल आम्दानी ७६.४ मिलियन डलर र रोबर्टको कूल आम्दानी ६६ मिलियन डलर रहेको छ ।

फोर्ब्सको सूचीमा बलिउडका नायक अक्षय कुमार चौथो नम्बरमा परेका छन् । फोर्ब्सका अनुसार अक्षय कुमारको कूल आम्दानी ६५ मिलियन अमेरिकी डलर रहेको छ ।

अक्षय कुमारपछि पाँचौ नम्बरमा जेकी चान रहेका छन् । चानको कूल कमाइ ५८ मिलियन डलर रहेको छ । त्यस्तै ब्राडली कुपर र एमड स्यान्डलरको कमाइ समान ५७ मिलियन डलर रहेको छ ।

बढी कमाउन एक्टरको सूचीको आठौं नम्बरमा क्रिस इभान्स छन् । इभान्सको कूल कमाइ ४३.५ मिलियन रहेको छ । यता नवौ नम्बरमा रहेका पल रुडको कमाइ ४१ मिलियन र दशौं नम्बरमा रहेका विल स्मिथको कमाई ३५ मिलियन डलर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage