scheduleशनिवार आश्विन ४ गते, २०७६

सुनको मुल्य स्थिर, कतिले हुदैंछ कारोबार ?

काठमाडौँ, ५ भदौ । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार  प्रतितोला  ७१ हजार ३०० मा कारोबार भएको  छापावाला सुन बिहिबार पनि सोही मुल्यमै कारोबार भएको छ ।

यस्तै बिहिबार तेजाबी सुनको मुल्य प्रतितोला  ७१ हजार नै कायम भएको छ । बुधबार पनि तेजाबी सुन सोही मुल्यमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।  बिहिबार चाँदीको मूल्य  ८३० नै कायम भएको महासङ्घले जनाएको छ ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला  सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला  ७४५ मा कारोबार भएको थियो । साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage