scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

‘इरानको सेनालाई कसैले हराउन सक्दैन’


एजेन्सी, ५ भदौ । इरानका सेना प्रमुख मेजर जनरल मोहम्मद होसेन बकेरीले इरानलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

सेना प्रमुख बकेरीले इस्लामिक गणतन्त्र इरान अजय शक्तिको रुपमा उदाउँदै गरेको र आफ्नो मुलुकलाई विश्वको कुनै पनि तागतले हराउन नसक्ने बताएका हुन् । बुधबार इरानको नागरिक सुरक्षा संघको अवलोकन गर्दै इरानको सैन्य शक्ति देखेर शत्रुहरु आत्तिएको समेत बकेरीको भनाइ थियो ।

‘इस्लामिक क्रान्तिको दोस्रो चरणमा इरानले विकास गरेको सैन्य क्षमता र तम्तयारीले हामी अजय शक्तिको रुपमा उदाउँदै छौं भन्ने देखाउँछ’, बकेरीले भने ।

सेना प्रमुख बकेरी

सेना प्रमुख बकेरीले मुलुकका संवेदनशील स्थानको सुरक्षा गरिरहेको र आणविक, जैविक, साइबर तथा रसायनियक खतराबाट मुलुकलाई सुरक्षित राख्ने कार्यमा सक्रिय रहेको भन्दै नागरिक सुरक्षा संघको प्रशंसा गरेका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage